बजारमा सुनचाँदीको चमक फिका

काठमाडौँ साउन ३० । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर १,९६,२०० रुपैयाँमा पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घट्दै गएको छ। आज चाँदी १५ रुपैयाँले घटेर प्रतितोला २,३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। लगातार उकालो लागेको सुनचाँदीको भाउ पछिल्ला केही दिन यता घट्दो क्रममा देखिएको हो। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा पनि मूल्य घटेको व्यवसायीहरूको भनाइ छ।

लगानीकर्ताको सतर्कता आवश्यक

धातु बजारमा भइरहेको उतारचढावले सुनमा लगानी गर्नेहरूलाई सतर्क रहन विज्ञहरू सुझाउँछन्। अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको स्थायित्व, ब्याजदरको प्रवृत्ति र महँगीको अवस्था यस्ता मूल्य घटबढको प्रमुख कारण मानिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ