सप्तरी साउन २८ । सप्तरीको तिरहुत गाउँपालिका–१ मा आज बिहान करेन्ट लाग्दा एक व्यक्तिको ज्यान गएको छ।
मृत्यु हुनेमा स्थानीय क्रिकोल गाउँका ४० वर्षीय भूपेन्द्र बिराजी यादव रहेका छन्। इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले दिएको जानकारीअनुसार यादवलाई आफ्नै घरमा पङ्खाको तार जडान गर्ने क्रममा करेन्ट लागेको हो।
घटना लगत्तै उनलाई उपचारका लागि नजिकैको भारदह अस्पताल लगिएको थियो। तर, चिकित्सकहरूले उनलाई उपचारकै क्रममा मृत घोषणा गरेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रतिक्रिया
