७४ जिल्लामा डेंगी संक्रमण फैलियो

काठमाडौँ साउन २७ । नेपालका ७४ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो सात दिनमा मात्रै १६० जना डेंगीबाट संक्रमित भएका छन् ।

गत आठ महिनामा मुलुकभर कुल २७२० जनामा डेंगी संक्रमण देखिएको छ । सबैभन्दा बढी गण्डकी प्रदेशमा ७९७ जनामा डेंगी पुष्टि भएको छ भने वाग्मती प्रदेशमा ५६८, कोसी प्रदेशमा ४७९, लुम्बिनी प्रदेशमा ४३४, सुदूरपश्चिममा ३२७, कर्णालीमा ६६ र मधेस प्रदेशमा ४९ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निरन्तर भइरहेको वर्षाले डेंगी संक्रमण थप फैलन सक्ने भएकाले जनतालाई सतर्क रहन र सरसफाई अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ