पर्सामा ८ र ४ वर्षीय दाजुभाइको खोलामा डुबेर ज्यान गयो

पर्सा साउन २७ । पर्साको ठोरी गाउँपालिका–२ स्थित डेढु खोलामा डुबेर एकै घरका दुई साना दाजुभाइको ज्यान गएको छ। मृतकहरू ८ वर्षीय अंश कठायत र ४ वर्षीय आयंश कठायत हुन्। उनीहरू मनोजय कठायतका छोरा हुन्।

मंगलबार बिहान विद्यालय जानुअघि दुवै दाजुभाइ घरदेखि करिब १५० मिटर टाढा रहेको डेढु खोलामा नुहाउन गएका थिए। वडाध्यक्ष अमृतकृष्ण सापकोटाका अनुसार, खोलामा डोजरले खनेर बनेको गहिरो खाल्डोमा जमेको पानीमा डुबेर उनीहरूको मृत्यु भएको हो।

स्थानीयहरूले खोलामा तैरिरहेको अवस्थामा बालकहरूलाई उद्धार गरी ठोरी अस्पताल पुर्‍याए पनि, स्वास्थ्यकर्मीहरूले मृत घोषित गरेका थिए। जिल्ला प्रहरी कार्यालय, पर्साले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ