सञ्चारकर्मी धिरेश दत्त लोकतान्त्रिक पत्रकार संघको केन्द्रीय सदस्यमा मनोनीत

जनकपुरधाम साउन २७ । लोकतान्त्रिक पत्रकार संघको संशोधित विधान अनुसार धनुषाका वरिष्ठ सञ्चारकर्मी धिरेश दत्तलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको छ । संघको तर्फबाट जारी मनोनयन पत्रमा दत्तलाई पदभार ग्रहण गरेको जानकारी दिइएको छ र उनको कार्यकाल सफल हुने विश्वास व्यक्त गरिएको छ ।

संघका अध्यक्ष कामरेन्द्र वर्माले दत्तलाई मनोनयन गरिएको सहर्ष जानकारी गराउँदै देश, मधेश, पत्रकारिता क्षेत्र र पार्टीको हितमा उल्लेखनीय योगदान रहने विश्वास व्यक्त गरेका छन् ।  उनको मनोनयनसँगै धनुषा लगायत मधेश क्षेत्रका पत्रकारिता क्षेत्रमा थप ऊर्जा र सकारात्मक सन्देश प्रवाहित भएको स्थानीय सञ्चारकर्मीहरूले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ