लोसपाबाट अनिल झालेको राजीनामा स्वीकार

जनकपुरधाम साउन २७ । रौतहट क्षेत्र नं १ बाट निर्वाचित वरिष्ठ नेता अनिलकुमार झाले लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० बाट राजीनामा दिएका छन्। पार्टी अध्यक्ष महन्थ ठाकुर निकट नेता सुरेन्द्र झाले एक महिनाअघि झाले दिएको राजीनामा स्वीकृत भइसकेको जानकारी गराएका छन्।

लोसपामा निष्क्रिय बनेका झा पार्टीका बैठकमा समेत लामो समयदेखि सहभागी हुँदै आएका थिएनन्। पार्टीका नेता रामप्रकाश चौधरीले झा पार्टी बैठकमा पाँच(छ महिनादेखि उपस्थित नभएको बताए।

‘उहाँले औपचारिक रूपमा पार्टी छोडेको खबर हामीलाई थिएन,’ चौधरीले भने, ‘उहाँले बैठकमा आउन छोडेको समय निकै लामो भयो।’ झा २०७४ सालको निर्वाचनमा रौतहट १ बाट प्रत्यक्ष निर्वाचित भइ खानेपानी मन्त्री समेत बनेका थिए। तर २०७९ को निर्वाचनमा उनी पराजित भएका थिए।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ