किसानको आवाजपछि प्रधानमन्त्रीको चासो, कृषिमन्त्रीसँग आपत्कालीन बैठक

काठमाडौँ साउन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरि किसानहरूलाई प्रभावित गरिरहेको रासायनिक मल अभावको समस्याबारे कृषि मन्त्रालयका मन्त्री तथा अधिकारीहरूसँग छलफल गर्ने भएका छन्।

आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, सचिव डा। गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीहरूलाई बैठकका लागि बोलाइएको छ। सरकारले मलको पर्याप्त भण्डारण रहेको र थप आपूर्तिको प्रक्रिया जारी रहेको बताइरहे पनि किसानहरूले समयमा मल नपाएको गुनासो गरेका छन्। सोही समस्यालाई मध्यनजर गर्दै प्रधानमन्त्री ओलीले सम्बन्धित पक्षसँग छलफल गरेर समाधान खोज्ने बताएका छन्।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ