देश बनाउने हो भने सोच बदलौँ, साथ दिऊँ” – प्रधानमन्त्री

काठमाडौँ साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूप्रति शुभकामना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै युवा शक्तिलाई समर्पित यस दिवसले सकारात्मक सोच, प्रयास र एकताको माध्यमबाट देश समृद्ध बनाउन प्रेरणा दिने उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा लेखेका छन्, फूलको मुस्कान कोपिलामा भएझैं, युवाको ऊर्जा, सृजनशीलता र सपनामा राष्ट्रको भविष्य रहेको छ। हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुनेछ।

उनले अन्तर्राष्ट्रिय युवा दिवसको ऐतिहासिक पृष्ठभूमिबारे पनि स्मरण गर्दै भनेका छन्, सन् १९९९ मा संयुक्त राष्ट्रसंघले अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा घोषणा गर्‍यो। सन् २००० देखि औपचारिक रूपमा मनाउन थालिएको यस दिवसले युवाको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक सहभागिता सशक्त बनाउन प्रेरणा दिएको छ। ओलीको सन्देशमा राष्ट्र निर्माणमा युवाको योगदानप्रति विश्वास र सम्मान प्रकट गरिएको छ। साथै, उनले युवाहरूलाई मुलुकको समृद्धि यात्रामा सक्रिय भूमिका खेल्न आह्वान समेत गरेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ