सुन र चाँदी सस्तो हुँदा उपभोक्ता उत्साहित, व्यवसायी सतर्क

काठमाडौँ साउन २७ । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १,३०० रुपैयाँले घटेर १,९६,८०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि घट्दै गएको छ। आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला २,३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य घटबढ र डलरको दरसँगको सम्बन्धका कारण नेपाली बजारमा पनि प्रभाव देखिएको हो। सुनचाँदीको मूल्य घटेसँगै उपभोक्ताहरूमा केही चासो देखिएको छ भने लगानीकर्ताहरू नयाँ मूल्य स्थिर नभएसम्म सतर्क देखिएका छन्।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ