पर्सा साउन २६ । वीरगन्ज महानगरपालिका–७ रेशमकोठी टोलकी ४५ वर्षीया ममता शर्मा तीन दिनदेखि सम्पर्कविहीन भएकी छन्। परिवारका अनुसार उनी गत २५ साउन, आइतबार दिउँसो करिब २ बजे घरबाट निस्किएको बेलादेखि नै सम्पर्कमा आएकी छैनन्। श्रीमती हराएको जानकारी दिँदै उनका पति उमाशंकर शर्माले जिल्ला प्रहरी कार्यालय, पर्सामा निवेदन दर्ता गराएका छन्। उनका अनुसार, श्रीमतीसँग सम्पर्क स्थापित गर्न विभिन्न नम्बरबाट प्रयास गरिएको भए पनि हालसम्म सफलता मिलेको छैन।
ममताको हराइको अघिल्लो दिन परिवारमा सामान्य विवाद भएको थियो। सो विवादपछि ममताले आफ्नो ह्वाट्सएप प्रोफाइलमा मैया मै आरही हुूँ भन्ने सन्देश राखेकी थिइन्। त्यसयता उनीबाट कुनै खालको प्रतिक्रिया आएको छैन। जिल्ला प्रहरी कार्यालय, पर्साले मामिलाको प्रारम्भिक अनुसन्धान सुरु भएको पुष्टि गरेको छ। एक प्रहरी स्रोतका अनुसार, निवेदन प्राप्त भइसकेको छ, खोजी कार्य जारी छ।
परिवारले ममता शर्माबारे जानकारी हुने जो–कसैले नजिकको प्रहरी कार्यालय वा सिधै परिवारसँग सम्पर्क गर्न अपील गरेका छन्।
