काठमाडौँ साउन २६ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी प्रकरणमा आफूलाई जमानतमा रिहा गर्न माग गर्दै दिएको निवेदनको पेसी तोकिएको छ। सो निवेदन रूपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा परेको हो।
ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले साउन १९ गते अदालतमा निवेदन दर्ता गरेका थिए। उनले बिगो बापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ अदालतमा दाखिला गरिदिएको उल्लेख छ। अब अदालतले रिहाइको मागबारे छलफल गर्दै निर्णय गर्नेछ।
