रौतहटमा ठूलो परिणामको तस्करी रोकियो, सशस्त्र प्रहरीले गर्‍यो बरामद

रौतहट साउन २५ । रौतहट जिल्लामा सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलले आर्थिक वर्ष २०८१र८२ मा झन्डै पाँच करोड ७४ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल रौतहटका प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतका अनुसार, पछिल्लो वर्ष सशस्त्रको निगरानी र सक्रियता बढेसँगै भन्सार छली र तस्करीजन्य गतिविधिमा कमी आएको छ।

बरामद सामग्री विस्तृत विवरण
गत वर्ष सशस्त्र प्रहरीले रु २ करोड ३१ लाख ४७ हजार मूल्यका स्कोरपियो, बोलेरो, अटोरिक्सालगायत सवारी साधन बरामद गरेको छ। यस्तै, २ करोड ४८ लाख ४५ हजार ६५३ रुपैयाँ बराबरका किराना सामान, कस्मेटिक, लत्ताकपडा, मोटर पार्ट्ससमेत नियन्त्रणमा लिइएका छन्। बरामद सवारीसाधनमा स्कोरपियो, टाटा सफारी, बोलेरो, म्याजिक, अटोरिक्सालगायत १८० थान मोटरसाइकल रहेका छन्। यी सबै सामग्री गौर भन्सार कार्यालयमा बुझाइएको छ।

नगद र अन्य वस्तुहरू पनि बरामद
उक्त अवधिमा ४८ लाख १७ हजार रुपैयाँ नेपाली र ९ लाख ४९ हजार भारतीय रुपैयाँ स्रोत नखुलेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। यसैबीच, ६९३ क्युफिट काठ, ५ लाख ५१ हजार ८२५ मूल्य बराबरको मदिरा, ८५० केजी माछा, १२४९ केजी बोइलर कुखुरा, १६ गाईगोरु, भैंसी र पाडापाडी, र ४ लाख ३ हजार रुपैयाँ मूल्यका पटका समेत बरामद गरिएका छन्।

सुरक्षा संरचना
रौतहट जिल्लामा पाँचवटा बोर्डर आउटपोष्ट ९बीओपी० र आठवटा सुरक्षा बेस क्याम्पहरूबाट सशस्त्र प्रहरी बलले सीमा निगरानी र तस्करी नियन्त्रणको काम गरिरहेको छ। प्रहरी उपरीक्षक बस्नेतका अनुसार, अवैध कारोबार रोक्न थप निगरानी कडा बनाइएको छ र स्थानीयसँगको सहकार्यमा सुरक्षालाई अझ प्रभावकारी बनाइने तयारी भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ