सभापति देउवा : ‘पर्वहरूले हामीलाई एकताबद्ध र संस्कृतिसम्पन्न बनाउँछन्

काठमाडौँ साउन २५ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली मौलिक पर्वहरू सामाजिक एकता, सांस्कृतिक समृद्धि र राष्ट्रिय पहिचानका प्रतीक रहेको बताएका छन्।

गाईजात्रा पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरूले परम्परागत मूल्य र मान्यता जोगाउन सहयोग पुर्‍याउने उल्लेख गरेका हुन्। नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिएको देश हो, देउवाले भने, यस्ता विविधताबीच पर्वहरूले हामीलाई जोड्ने सेतुको काम गर्छन्। नेवार समुदायमा दिवङ्गत आफन्तको सम्झनामा मनाइने गाईजात्रा पर्वको ऐतिहासिक र सांस्कृतिक महत्त्व उल्लेख गर्दै उनले सबै पर्वप्रति आदर र सम्मान गर्नु नेपाली समाजको सकारात्मक पक्ष भएको बताए।

देउवाले लोकतान्त्रिक व्यवस्थामार्फत मात्रै सबै धर्म, संस्कृति, रीतिरिवाज तथा चाडपर्वको समान संरक्षण सम्भव हुने स्पष्ट पारे। ूयस्ता सांस्कृतिक धरोहरको संरक्षण र संवर्द्धन हाम्रो सामूहिक दायित्व हो, उनले भने। गाईजात्राका अवसरमा उनले सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ