सर्लाहीमा खोलामा डुबेर किशोरीको मृत्यु, घाँस काट्न गएकी थिइन्

सर्लाही साउन २५ । सर्लाहीको बलरा नगरपालिका–६ मिर्जापुर निवासी १६ वर्षीया रंगिला कुमारी बैठक शनिबार अपराह्न खोलामा डुबेर निधन भएकी छन्। रंगिला घाँस काटेर घर फर्किँदै गर्दा करिब ४स्४५ बजे पुरानो मनुसमारा खोलामा खुट्टा चिप्लिएर लड्दा उनको टाउको जलकुम्भीमा फस्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरी चौकी अर्नाहाबाट घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान र मुचुल्का उठाइयो। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ