राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतल निवासमा महत्वपूर्ण वार्ता सम्पन्न

काठमाडौँ साउन २५ । आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शीतल निवासमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। प्रधानमन्त्री ओली हालै तुर्कमेनिस्तानमा भएको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका थिए। भेटमा उनले उक्त सम्मेलनमा भएका छलफल तथा विषयवस्तुहरू राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्।

राष्ट्रपतिको सचिवालयका अनुसार, प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा समेत व्यापक कुराकानी भएको थियो। दुवै नेताले देशको विकास र कूटनीतिक गतिविधिहरूलाई थप प्रभावकारी बनाउनका लागि सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ