मधेसमा लम्पीस्किन रोगले मारे १,७०० चौपाया

जनकपुरधाम साउन २४ । मधेस प्रदेशमा लम्पीस्किन रोगको प्रकोप दिनप्रतिदिन बढ्दो छ। प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म यो संक्रामक रोगका कारण १,७०० भन्दा बढी पशु चौपायाको मृत्यु भइसकेको छ। रोगले कुल ५२,६८६ पशु संक्रमित बनाएकोमा, २३,७०९ पशु उपचारपछि निको भएका छन्। ज्वरो, शरीरमा घाउखटिरा, र खाना नखानेजस्ता लक्षणहरू देखिएपछि लम्पीस्किनको पहिचान हुने मन्त्रालयले जनाएको छ।

संक्रमण नियन्त्रणका लागि खोप अभियान तीव्र बनाइएको छ। हालसम्म प्रदेशभरि २ लाख ४५ हजार पशुलाई खोप लगाइएको मन्त्रालयको तथ्यांक छ। अभियान अन्तर्गत २ लाख ३१ हजार ५१५ पशुलाई विज्ञ केन्द्रमार्फत, र बाँकीलाई स्थानीय तहमार्फत खोप दिइएको छ। स्थानीय तहमार्फतस्

धनुषामा ५६६ पशु,

सर्लाहीमा १७५ पशु,

रौतहटमा ३,७०० पशु लाई खोप दिइएको छ।

प्रतिकार्य र तयारी
पशुपालक कृषकहरूमा रोगको त्रास बढ्दै गएको छ। मन्त्रालयले खोपको पहुँच बढाउने, सचेतना कार्यक्रम विस्तार गर्ने, र उपचारका लागि प्राविधिक सहयोगलाई तीव्रता दिने बताएको छ। पशुचौपायाको जीवनरक्षा र कृषकको जीविकोपार्जनमा असर न्यूनिकरणका लागि आगामी दिनमा प्रदेश सरकारको प्राथमिकता लम्पीस्किन नियन्त्रणमै केन्द्रित हुने देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ