भारतमा मिर्गौला बेचबिखन प्रकरण : थप दुई पक्राउ

काठमाडौँ साउन २२ । नेपाली युवालाई भारत पुर्‍याएर मिर्गौला निकालिएको मानव अंग तस्करी प्रकरणमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–९ का २४ वर्षीय समिर नेपाली र ४७ वर्षीय राकेश नेपाली रहेका छन्। यसअघि काभ्रेको पाँचनखाल नगरपालिका–१० का कुमार उर्फ राजकुमार परियार पहिले नै पक्राउ परिसकेका थिए।

पक्राउ परेकाहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नियन्त्रणमा लिएको हो। ब्यूरो प्रमुख एसपी नरेन्द्र चन्दले घटनाको पुष्टि गर्दै अनुसन्धान अझ गहिरिँदै गएको जानकारी दिएका छन्। प्रहरीका अनुसार, युवालाई भारत पुर्‍याएर जबर्जस्ती मिर्गौला झिक्ने संगठित गिरोह सक्रिय रहेको आशंका गरिएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ