जनमत पार्टीले उपाध्यक्ष साहलाई देखायो ढोका

जनकपुरधाम साउन २२ । जनमत पार्टीले निलम्बित उपाध्यक्ष दीपक कुमार साहलाई पार्टीबाट पूर्ण रूपमा निष्कासन गरेको छ। पार्टीले अब साहलाई साधारण सदस्यको रूपमा पनि नरहने गरी कारबाही गरेको हो।

गत चैत १४ गते साहलाई पार्टीको उपाध्यक्ष पदबाट ६ महिनाका लागि निलम्बन गरिएको थियो। पार्टीमा जिम्मेवारी अनुरूपको भूमिका नखेलेको, र अध्यक्ष सीके राउतको विरोधमा उभिएको आरोप लगाउँदै उनलाई निलम्बन गरिएको थियो। पार्टीले साहसँग स्पष्टीकरण माग गर्दा चित्त बुझ्ने उत्तर नआएको जनाउँदै, अनुशासनको निरन्तर उल्लंघन, गुटगत गतिविधि, तथा पार्टी फुटाउने प्रयासका कारण उनलाई बुधबार पार्टीबाट निष्कासन गरिएको जनाइएको छ।

अनुशासन समिति संयोजक नरेन्द्र प्रसाद चौधरी र सचिव अनिता कुमारी मण्डल द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छस् पार्टीको सम्पूर्ण पदबाट निलम्बन भइसकेपछि पनि उनले पार्टीको नाम, झण्डा र छापको अवैध प्रयोग गर्दै कार्यक्रम सञ्चालन गरे। विधानविपरीत गतिविधिमा संलग्न रहेकाले, तपाईंलाई जनमत पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जानकारी गराउँछौं। जनमतले साहमाथि गम्भीर अनुशासनहीनता, गुटबन्दी र नेतृत्वविरोधी गतिविधिमा संलग्न रहेको आरोप लगाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ