काठमाडौँ साउन २२ । नेसपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई आज भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेलाई भेट्न जाँदैछन्।
सहकारी ठगी प्रकरणमा जेल चलान भएका रास्वपा अध्यक्ष लामिछानेलाई भेट्न भट्टराई भैरहवा पुगेका हुन्। लुम्बिनी प्रदेशस्तरीय दुई दिने पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका भट्टराईले आजै कारागार पुगेर लामिछानेसँग भेटघाट गर्ने उनका सचिवालयले जनाएको छ।
प्रतिक्रिया
