जनमतको नयाँ नियम: अनुशासन बिना क्लियरेन्स नपाइने

जनकपुरधाम साउन २१ । जनमत पार्टीले संगठनभित्रको अनुशासन मजबुत बनाउने प्रयासस्वरूप ७७ वटै जिल्लाका इन्चार्जहरूलाई पार्टीविरोधी गतिविधिमा संलग्न व्यक्तिहरूको विवरण संकलन गरी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ।

बुधबार जारी गरिएको आन्तरिक सर्कुलरमार्फत पार्टीले गुटबन्दी तथा अनुशासनहीन गतिविधिमा संलग्न सदस्यहरूको पहिचान गर्न जिल्ला इन्चार्जहरूलाई जिम्मेवारी दिएको हो। पार्टीले संगठनको दीर्घकालीन सफलताका लागि कडा अनुशासन आवश्यक रहेको उल्लेख गर्दै, प्रत्येक सदस्यको गतिविधिको मूल्यांकन सदस्यता रेकर्डसँग जोडिने जनाएको छ।

अनुशासन पालना नगर्ने सदस्यहरूको विवरण छुट्टै रूपमा संकलन गरी रेकर्ड राखिनेछ, सर्कुलरमा उल्लेख गरिएको छ।पार्टीभित्र केही समययता देखिएको असहमति र गुटगत क्रियाकलापले संगठनमा असर पार्न थालेपछि यस्तो कदम चालिएको बताइएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ