लोसपा, जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच साझा कार्यक्रम र एकता प्रयास

जनकपुरधाम साउन २१ । मधेस क्षेत्रमा सात दलीय संघीय लोकतान्त्रिक मोर्चा सक्रिय रहेका बेला अन्य दलहरूबीच नयाँ मोर्चाबन्दी वा कार्यगत एकता गर्ने प्रयास तीव्र भएको छ। जनता समाजवादी पार्टी जसपा का अध्यक्ष अशोक राई, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा का नेता महन्थ ठाकुर र राष्ट्रिय मुक्ति पार्टी रामुपा का अध्यक्ष राजेन्द्र महतोबीच कार्यगत एकताको विषयमा विस्तृत छलफल भइरहेको छ।

विश्वसनीय स्रोतका अनुसार तीनै दलबीच अलग अलग वा साझा मोर्चा निर्माण गर्ने विषयमा कुराकानी भईरहेको छ। जसपाका नेताहरूले लोसपा र रामुपासँग अलग(अलग छलफल गरिरहेका छन् भने केही चरणको संवाद पनि सम्पन्न भइसकेको छ।

जसपाले आज बालकुमारीस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यकारिणी समितिको बैठकमा यही कार्यगत एकता र मोर्चा गठनको विषयमा गम्भीर छलफल गर्ने तयारी छ। बैठकको मुख्य एजेण्डा दलहरूबीच सहकार्य बढाउने र साझा एजेण्डामा एकता गर्ने प्रयास हुनेछ। जसपाका महासचिव इस्तियाक राइले भने, “हामी लोसपा र रामुपासँग मात्र होइन, अन्य राजनीतिक दलसँग पनि छलफल गरिरहेका छौं। मुद्दा, विचार र एजेण्डा मेल खाने दलसँग मात्र कार्यगत एकता गर्ने हाम्रो नीति छ।”

उनले थपे, “कार्यकारिणी बैठकमा विभिन्न दलहरूसँग भएको छलफल प्रस्तुत हुनेछ र त्यसमा सहमतिका आधारमा निर्णय गरिनेछ।” मधेसको राजनीतिक स्थिरता र साझा नेतृत्वलाई मजबुत बनाउनका लागि यी दलहरूको यो कदमले नयाँ राजनीतिक स्वरूप दिन सक्ने विश्लेषकहरूले उल्लेख गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ