रास्वपा र राप्रपाको विरोध प्रदर्शन, संसद बैठक बहिष्कार”

काठमाडौँ साउन २१ । भिजिट भिसा प्रकरणमा विशेष संसदीय वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नगरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बुधबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेलगत्तै दुवै पार्टीका सांसदहरूले उठेर विरोध जनाए। रास्वपा सांसद मनिष झाले बोल्दै सरकारले छानबिन समिति नबनाएकाले आफूहरू बैठकमा नबस्ने बताएका थिए। उनले मन्त्रिपरिषद्का सदस्यहरू विभिन्न काण्डमा मुछिएको भन्दै तिनको पनि छानबिन गर्न माग गरे।

त्यसपछि राप्रपाकी सांसद रोशन कार्कीले पनि भिजिट भिसा प्रकरणमा पटक–पटक उठाइएको माग बेवास्ता भएको भन्दै संसदमा विरोध जारी रहने बताइन्। सांसदहरू बोलेपछि रास्वपा र राप्रपाका सम्पूर्ण सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ