सिरहा साउन २१ । सिरहाको चोहर्वा सिराहा सडकअन्तर्गत नरहा गाउँपालिका–३, हिमालय सुगर मिल अगाडि बाट प्रहरीले कटुवा पेस्तोलसहित तीन भारतीय युवकलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरू भारत बिहारको मधुवनी जिल्लाका २० वर्षीय आकाश यादव, ओमशंकर यादव र ऋषि नाथ हुन्। इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले मोटरसाइकलमा सवार तीन जनालाई रोकि चेकजाँच गर्दा उनीहरूको साथबाट कटुवा पेस्तोल बरामद भएको बताइएको छ। प्रहरीले उनीहरूले पेस्तोल के प्रयोजनका लागि बोकेको हो भन्ने जानकारी प्राप्त गर्न थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
