प्रधानमन्त्री ओली तुर्कमेनिस्तानमा व्यस्त, आजको कार्यतालिका यस्तो

अवाजा तुर्कमेनिस्तान साउन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अवाजामा सक्रिय सहभागिता जनाइरहेका छन्।

आज प्रधानमन्त्री ओलीले ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरूले अपनाउनुपर्ने अनुकूलन क्षमता र लचिलोपन’ विषयक सत्रमा सम्बोधन गर्नेछन्। साथै, ूव्यापार तथा वाणिज्यको सहजता र क्षेत्रीय सहकार्यू विषयक छलफल सत्रमा सहअध्यक्षता गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीले काजकस्तान, अजरबैजान, र ताजकिस्तानका राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ। साउन २० देखि २३ गतेसम्म चल्ने उक्त सम्मेलनमा ओली संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभको औपचारिक निमन्त्रणामा सहभागी भएका हुन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ