सप्तरीमा गोलीकाण्ड: एकको ज्यान गयो

सप्तरी साउन २१ । सप्तरीको राजगड गाउँपालिका–२ कमलपुरमा सोमबार राति मदिरा तस्करी नियन्त्रण अभियानका क्रममा प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागी एक व्यक्तिको मृत्यु भएको छ। मृतक ३६ वर्षीय लालु यादव हुन्।

भारतसँग सटेको सीमा क्षेत्रमा ठूलो मात्रामा मदिरा भण्डारण गरी तस्करी भइरहेको सूचनाका आधारमा प्रहरीले ‘सर्च अप्रेसन’ चलाउँदा स्थिति तनावग्रस्त बनेको थियो। प्रहरीले झडपका क्रममा आत्मरक्षाका लागि गोली चलाएको जनाएको छ। गोली लागी गम्भीर घाइते भएका यादवको राजविराज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। प्रहरीका अनुसार उक्त अपरेसनमा ८० कार्टुन अवैध मदिरा बरामद गरिएको छ। यसअघि पनि प्रहरीले सो क्षेत्रमा हेरोइनसहित दुई जनालाई पक्राउ गर्दै हवाई फायर गर्नुपरेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ