माठमाडौँ साउन १९ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ६ सय रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला २ हजार २ सय ५५ रुपैयाँ कायम भएको छ।
विगत केही दिनयता अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मागको उतारचढावसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्य हरेक दिन केही न केही परिवर्तन भइरहेका छन्। विश्लेषकहरूका अनुसार, अगामी दिनहरूमा पनि मूल्यमा चाप रहने देखिन्छ।
