बोलबम संस्कार राष्ट्रको सम्पत्ति, संरक्षणमा सरकार कटिबद्ध: यादव

काठमाडौँ साउन १९ । खानेपानीमन्त्री प्रदीप यादवले बोलबम जस्ता मौलिक सांस्कृतिक परम्पराहरूको संरक्षणमा सरकार गम्भीर रहेको बताएका छन्।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, ओख्रेनीमा आयोजित २९औँ श्रावणी मेला तथा बोलबम काँवर यात्रा मेलाको उद्घाटन गर्दै मन्त्री यादवले बोलबम परम्परा समाजमा धार्मिक आस्था र सांस्कृतिक चेतनाको प्रवाह गराउने महत्वपूर्ण साधन भएको बताए। “बोलबम संस्कृति समाजलाई एकताबद्ध गर्ने, धार्मिक र सांस्कृतिक चेतनालाई मजबुत बनाउने माध्यम हो,” मन्त्री यादवले भने, “यसको जगेर्नाका लागि सरकार गम्भीर रूपमा प्रतिबद्ध छ।”

उनले धार्मिक, पर्यटकीय र सांस्कृतिक मूल्यहरू जोगाउने जिम्मा सबै तह र तप्काको साझा उत्तरदायित्व भएको उल्लेख गर्दै यस्ता आयोजनाहरूले नेपाली पहिचान झन सुदृढ बनाउने विश्वास पनि व्यक्त गरे। कार्यक्रममा मन्त्री यादवले काँवर यात्रीहरूले भगवान् पशुपतिनाथमा सहज रूपमा जल चढाउन पाउनुपर्ने उल्लेख गर्दै यसका लागि पर्यटनमन्त्री, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूसँग समन्वय गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ