काठमाडौँ साउन १९ । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत भाषा परीक्षाका लागि आवेदन प्रक्रिया यही साउन २६ गतेबाट खुल्दैछ।
कोरियाली मानव संसाधन विकास सेवा HRD Korea ले जारी गरेको सूचना अनुसार आवेदन साउन ३१ गतेसम्म गर्न सकिनेछ। हालसम्म कुन क्षेत्रका लागि परीक्षा सञ्चालन हुने र कति संख्यामा श्रमिक लैजाने भन्ने विषय सार्वजनिक भएको छैन।
कोरियाले उत्पादनमूलक क्षेत्र, कृषि, पानीजहाज निर्माण लगायतका क्षेत्रमा नेपाली कामदारहरू लैजाने परम्परा कायम राख्दै आएको छ। सन् २००७ मा नेपाल र कोरियाबीच भएको एमओयू अनुसार सन् २००८ देखि यस प्रणालीमार्फत नेपाली युवाहरू दक्षिण कोरियामा कामको अवसर पाउँदै आएका छन्।
दक्षिण कोरिया नेपाली युवाहरूका लागि सुरक्षित र आकर्षक वैदेशिक रोजगार गन्तव्यका रूपमा रहेको छ। ईपीएस प्रणाली अन्तर्गत कामदारहरूलाई भाषा परीक्षा पास गर्नुपर्ने अनिवार्यता रहेको छ, जसका लागि यो आवेदन प्रक्रिया अत्यन्त महत्वपूर्ण मानिन्छ।
