प्रधानमन्त्री विदेशमा, कार्यवाहक पोखराबाट सम्हाल्दै कार्यभार

काठमाडौँ साउन १९ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान प्रस्थान गरेसँगै उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीको सिफारिसमा सिंहलाई कार्यवाहक प्रधानमन्त्री नियुक्त गरेका हुन्।
ओली साउन २० देखि २३ गतेसम्म अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा भाग लिन गएका छन्।

कार्यवाहक पद सम्हालेको भोलिपल्टै सिंह पोखरा पुगेका छन्। उनले कास्कीको पोखरा महानगरपालिका–७ स्थित सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन्। उनको सचिवालयका अनुसार यो कार्य सरकारी कार्यक्रमअन्तर्गत पूर्वनिर्धारित थियो। तर, मुलुकभर वर्षा र सम्भावित प्राकृतिक विपत्तिको समय भइरहँदा कार्यवाहक प्रधानमन्त्री राजधानीभन्दा टाढा देखिनु कतिपयले आलोचना गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ