काठमाडौं साउन १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा फेरि एकपटक क्रान्ति र नयाँ खालको विद्रोह अपरिहार्य भएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्र विरुद्ध प्रतिरोधको तयारीमा आफूहरू जुटिरहेको बताए। ‘मैले शान्ति प्रक्रिया, संविधान निर्माण हुँदै अहिलेसम्म नेतृत्व गरिरहनुको कारण फेरि एकपटक नयाँ प्रकारको विद्रोहमार्फत प्रतिक्रियावादीहरूलाई परास्त गर्नु हो,’ प्रचण्डले भने।
उनका अनुसार शान्ति प्रक्रियाका बाँकी काम अगाडि बढिरहेको भए पनि त्यसमा चलखेल भइरहेको छ। उनले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर सजग रहन आह्वान गरे।
