हवाइफायरपछि सप्तरीमा दुई जना लागुऔषधसहित नियन्त्रणमा

सप्तरी साउन १८ । सप्तरीको विष्णुपुर गाउँपालिका–१ बडिबिरपुरबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
आइतबार बिहान ११स्२५ बजे विशेष सुराकीका आधारमा खटिएको लागुऔषध नियन्त्रण ब्युरो र स्थानीय प्रहरीको टोलीले २७ वर्षीय विशाल राय र मनोज रायलाई नियन्त्रणमा लिएको हो।

पक्राउ गर्न प्रहरीले दुई राउण्ड हवाइ फायर गर्नुपरेको एसएसपी कृष्ण कोइरालाले जानकारी दिए। उनीहरूबाट करिब २०० ग्राम ब्राउन सुगर बरामद भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ