काठमाडौँ साउन १७ । प्रधानमन्त्री एवं नेकपा ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले वाम–लोकतान्त्रिक आन्दोलनका अग्रज नेता र सहिदहरूको सपना अधुरो नराख्न आजको पुस्तालाई दृढताका साथ अघि बढ्न आह्वान गर्नुभएको छ।
शनिबार काठमाडौंमा आयोजित २८औँ तुल्सीलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देशको समृद्धि र स्थायीत्वको लागि त्याग, निष्ठा र आदर्शको राजनीतिलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो। उहाँले वाम आन्दोलनका प्रणेता तुल्सीलाल अमात्यले देखाएको आदर्श मार्ग पछ्याउँदै मुलुकलाई समुन्नत बनाउने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउँदै भन्नुभयो, ूसंविधान निर्माणदेखि गणतन्त्र स्थापनासम्मको यात्रा अग्रजहरूको दूरदृष्टि र संघर्षको परिणाम हो। अब त्यो सङ्कल्पलाई साकार पार्ने जिम्मेवारी हाम्रो हो।ू
कार्यक्रममा तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा सञ्चालन गरिएको उपत्यकाव्यापी विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरियो। साथै, प्रा। श्यामसुन्दर शेर्पाद्वारा लेखिएको बुद्धका विचारसम्बन्धी पुस्तकको विमोचन पनि गरिएको थियो।
