वैवाहिक बिवादको दुखद अन्त्य: श्रीमानले गरे श्रीमतीको हत्या

हेटौँडा साउन १७ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ बुङदोलमा शनिबार बिहान एक हृदयविदारक घटना घटेको छ। ४५ वर्षीय मानबहादुर शिवभक्तीले आफ्नै ४० वर्षीया श्रीमती दुर्गा लक्ष्मी शिवभक्तीको घाँटी थिचेर हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटना बिहान करिब ६ बजे भएको हो। घटनापछि आरोपित मानबहादुर बिहान ८स्३० बजे आफैं प्रहरी कार्यालय पुगेका थिए र श्रीमतीको हत्या गरेको स्वीकार गरेका थिए।

प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार मृतक दुर्गा लक्ष्मी प्यारालाइसिसको बिरामी थिइन् र हिँडडुल गर्न असमर्थ अवस्थामा थिइन्। प्रारम्भिक बयान अनुसार, मानसिक तनावका कारण श्रीमतीको हत्या गरिएको आरोपितले बताएका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ