गाँजासहित ९ जना पक्राउ

सिरहा साउन १७ । सिरहा जिल्लाको औरही गाउँपालिका–४ कमलपुरबाट शनिबार बिहान ठूलो मात्रामा लागुऔषध गाँजासहित नौ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ परेकाहरूमा सात जना नेपाली र दुई जना भारतीय नागरिक छन्। प्रहरीले उनीहरूलाई शंका लागेपछि चेकजाँच गर्दा पाँच बोरा गाँजा बरामद गरेको हो। बरामद गाँजाको कुल तौल १०३ किलो रहेको प्रहरीको भनाइ छ।

पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका–१ मुक्सारका ४२ वर्षीय जयराम जोशी, ३० वर्षीय शिवकुमार सदा, २२ वर्षीय कृष्ण सदा, १८ वर्षीय सुरज सदा, १७ वर्षीय पशुपति सदा, ३२ वर्षीय जीवछ साह, औरही गाउँपालिका–३ का ४२ वर्षीय राजेन्द्र यादव, भारतको मधुवनी जिल्ला कुमरखद ग्राम पञ्चायत–१४ का ३९ वर्षीय बैजनाथ चौधरी र ३० वर्षीय रमेश कामत रहेका छन्।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० अनन्तराम शर्माले जानकारी दिएका छन्। प्रहरीले गाँजाको स्रोत, तस्करीको सम्भावित नेटवर्क तथा संलग्नता पत्ता लगाउन अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ। सिरहा जिल्लामा भारतसँगको खुला सिमाना भएकाले लागुऔषध ओसारपसारका गतिविधि बढ्दो क्रममा रहेको सुरक्षा अधिकारीहरूको भनाइ छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ