जसपाको युवा रणनीति : राष्ट्रिय भेला हुँदै

जनकपुरधाम साउन १७ । जनता समाजवादी पार्टी जसपा नेपालले आफ्ना भ्रातृ संगठनहरूमार्फत युवालाई संगठित गर्न सक्रियता देखाएको छ। पार्टीले समाजवादी युवा संघ, नेपाल केन्द्रीय समितिको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय सचिवालयको हालैको बैठकले केन्द्रीय समिति पुनर्गठन गर्दै राष्ट्रिय भेला गर्ने निर्णय लिएको हो। प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, उक्त भेलाका लागि जिल्लाबाट ३–३ जना क्रियाशील र क्षमतावान् युवा छनोट गर्न निर्देशन दिइएको छ।

महासचिव लालबाबु राउतले जिल्लास्तरका अध्यक्षहरूलाई पत्र पठाउँदै ४० वर्षमुनिका योग्य युवाहरूको नामावली पार्टी केन्द्रीय कार्यालयमा पठाउन साउन मसान्तसम्मको समय सीमा तोकिएको जानकारी बस्नेतले दिए।

बस्नेतका अनुसार पार्टी समृद्ध मुलुक निर्माणमा युवाको भूमिका अपरिहार्य ठानी उनीहरूलाई संगठित गर्दै राष्ट्रिय तहमा एकीकृत गर्ने अभियानमा जुटेको हो। जसपा नेपालको यो पहल पार्टी पुनर्संरचना तथा दीर्घकालीन रणनीतिक तयारीसँग पनि जोडिएको देखिन्छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ