स्वदेशी स्वादको सम्मान : आज राष्ट्रिय कोदो दिवस

काठमाडौँ साउन १६ । परम्परागत बालीलाई संरक्षण गर्दै पोषण सुरक्षाको पक्षमा जोड दिन सरकारले पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाउन लागेको छ। साउन १६ गतेको दिनलाई विशेष महत्व दिँदै ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित देशभर विविध कार्यक्रम आयोजना हुँदैछ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ। विभागका अनुसार, कोदो तथा कोदोसँग सम्बन्धित बालीहरूले ग्रामीण साना किसानको आम्दानी बढाउन, स्थानीय खाद्य प्रणाली सुदृढ गर्न र पोषणीय आवश्यकता पूरा गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्।

सरकारले आयातमा निर्भरता घटाउन, उत्पादन वृद्धि गर्न र वातावरणमैत्री कृषि अभ्यासलाई प्रोत्साहन दिन कोदो दिवस सुरु गरेको हो। आर्थिक वर्ष २०८१र८२ मा मात्र करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य बालीको ७६ करोड रुपैयाँभन्दा बढीको आयात भएको विभागले जनाएको छ।

कोदो दिवसका अवसरमा भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ, किसान सम्मान, पत्रकार र कृषक समूहका प्रतिनिधिहरूलाई पुरस्कार वितरण कार्यक्रम तय गरिएको छ। देशभरका प्रदेश तथा स्थानीय तहहरूबाट समेत विविध कार्यक्रमहरू आयोजना गरिने भएका छन्।

महानिर्देशक सञ्जेलका अनुसार, कोदो उत्पादनमा रासायनिक मल र विषादीको प्रयोग नगरी पनि औसत उपज लिन सकिन्छ। उनले कोदोजस्ता बालीले जलवायु परिवर्तन न्यूनीकरणमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरे। ूहामीले पोषिलो, परम्परागत र वातावरणमैत्री बालीप्रति फर्किनुपर्छ,ू उनले भने। राष्ट्रिय कोदो दिवसलाई दीर्घकालीन कृषि रणनीतिसँग जोडेर आत्मनिर्भरता, जैविक विविधता र खाद्य प्रणालीको रुपान्तरणतर्फ एक महत्वपूर्ण पाइला मानिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ