रञ्जितालाई नागरिक उन्मुक्तिको अध्यक्ष पदबाट हटाइयो

काठमाडौँ साउन १४ । नागरिक उन्मुक्ति पार्टी नाउपाले रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएको छ। पार्टीको विधान विपरीत कार्यवाहक अध्यक्ष तोकेको कारण उनीमाथि अनुशासन कारबाही गर्दै अध्यक्ष पदबाट हटाइएको जानकारी निर्वाचन आयोगलाई दिइएको छ।

पोखराको लिचीबारी घुसकाण्डमा फसेपछि रञ्जिताले शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन्, जसले पार्टीभित्र ठूलो विरोध सिर्जना गरेको थियो। अनुशासन समितिले उनलाई २४ घण्टाभित्र स्पष्टीकरण मागेको थियो, तर तोकिएको समयमा जवाफ नदिँदा कारबाहीको निर्णय भएको हो।

अनुशासन समितिको संयोजक रामलाल डगौराको नेतृत्वमा जारी कारबाहीलाई पार्टीको राष्ट्रिय भेलाले अनुमोदन गर्नेछ। समितिमा सुनिता चौधरी र पुण्य बुढा सदस्य रहेका छन्। रञ्जिताको हटाइको पत्र मंगलबार निर्वाचन आयोगमा दर्ता गरिएको छ। अब पार्टीभित्र नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ