विराटनगर साउन १४ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पूर्वराष्ट्रपति विद्या भण्डारीसँगको आफ्नो भेटलाई बढी अर्थ नदिन आग्रह गरेका छन्। विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “उहाँ राष्ट्रपति हुँदा पनि भेटेको थिएँ, अहिले पनि भेटेको हुँ। अहिलेको भेटलाई तपाईंहरूले बढी महत्व दिनुभएको छ।”
संसदीय दलको नेता परिवर्तन सम्बन्धी विषयमा उनले आवश्यक संख्या जुटाउनु पर्नेमा जोड दिए। “यसका लागि सबै पक्षलाई राम्रोसँग थाहा छ,” उनले बताए।
त्यसैगरी, कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टी मात्र होइन, देशकै नेता भएको भन्दै उनले समसामयिक विषयमा विभिन्न दलका नेताहरूलाई संवाद र भेटघाट गर्नुपर्ने बताए। उनले भने, “अरूलाई भेट्न नपाउने कुनै नियम छैन, नभेट्ने भनाइ पनि सही होइन।” डा कोइरालाले राजनीतिक सहकार्य र सम्वाद आवश्यक रहेको सन्देश दिएर सबै पक्षलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे।
