भारत साउन १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २० देखि २५ प्रतिशतसम्म भन्सार कर लगाउनसक्ने चेतावनी दिएका छन्। स्कटल्यान्डको पाँच दिने भ्रमणबाट फर्कंदै पत्रकारहरूसँग कुरा गर्दै उनले यो कदम अन्तिम नभएको र भारतसँग १ अगस्टसम्म व्यापार सम्झौता हुने अपेक्षा रहेको बताए।
ट्रम्पले भने, “भारतले २० देखि २५ प्रतिशत ट्यारिफ तिर्नुपर्नेछ। भारत मेरो मित्र हो। उनीहरूले मेरो अनुरोधमा पाकिस्तानसँगको युद्ध समाप्त गरे।” उनले सबै व्यापारिक साझेदार देशहरूलाई पनि १ अगस्टसम्म सम्झौता गर्न समयसीमा दिएका छन्।
यदि सो समयभित्र सम्झौता हुन सकेन भने अमेरिकाले ती देशहरूमा उच्च पारस्परिक भन्सार कर लगाउन थाल्ने ट्रम्पको स्पष्ट संकेत छ। यसले विश्व व्यापारमा नयाँ तनाव सिर्जना गर्ने अनुमान गरिएको छ।
