प्रधानमन्त्रीको गाडी पछ्याउँदै गर्दा मन्त्रीहरूका गाडी आपसमा जुधे

कैलाली साउन १३ । प्रधानमन्त्री केपी शर्मा ओली चढेको सवारी पछ्याउँदै गइरहेका सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार गाडी मंगलबार कैलालीको लम्कीचुहा नगरपालिका–१ मा आपसमा ठोक्किएको छ। भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल सवार बा २ झ १४१९ नम्बरको गाडीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की सवार से १ झ ३३० नम्बरको गाडीले पछाडिबाट ठक्कर दिएको हो।

ठक्करका कारण मन्त्री सार्की सवार गाडीमा धेरै क्षति पुगेको छ। प्रहरीका अनुसार गाडी एकापसमा धेरै नजिक हुँदा चालक त्रासमा परेर ब्रेक अचानक थिच्दा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ।

कैलालीका प्रहरी नायब उपरीक्षक ९डीएसपी० राजकुमार सिंहका अनुसार प्रधानमन्त्रीको सवारीलाई पछ्याउँदै दुई मन्त्रीको गाडी जाँदै गर्दा दुर्घटना भएको हो। अहिले दुवै मन्त्री अर्को गाडी ९बा २ झ १४१९० चढेर गन्तव्यतर्फ अघि बढिसकेका छन्। प्रधानमन्त्री ओली मंगलबार चिसापानीमा आयोजना गरिएको सार्वजनिक कार्यक्रममा सहभागी हुन कैलाली पुगेका हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ