प्रदेश सांसद यादवको जन्मदिनमा वृक्षारोपण

जनकपुरधाम ।
मधेश प्रदेश सभा सदस्य तथा जसपा नेपालका समावादी नेता राम अशिष यादवले वातावरण संरक्षणको सन्देश दिदै वृक्षारोपण गरेर आफ्नो जन्मदिन मनाएका छन्।
मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित मधेश प्रदेश सभा परिसरमा वृक्षारोपण गरेर आफ्नो जन्मदिन मनाएका छन्।
सो अवसरमा मधेश प्रदेश सभा का उपसचिव सुरेन्द्र कर्ण, विपिन ठाकुर, कानुन अधिकृत चन्दन ठाकुर सहित मधेश प्रदेश सभा सचिवालयका कर्मचारीहरुको उपस्थित रहेका छन्।
जलवायु परिवर्तनको असर न्युनिकरणका लागि वातावरण संरक्षण मुख्य उद्देश्यका साथ जन्मदिन, वैवाहिक वर्षगाँठ सहित विशेष अवसरहरूमा वृक्षारोपण र वृक्ष संरक्षणको सन्देश जन प्रवाह गर्न उदेश्यले आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गर्ने गरेको कुरा पर्यावरण योद्धा प्रदेश सांसद यादवले जानकारी दिए छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ