धनौजी गाउँपालिकाको विशेष गाउँसभा सम्पन्न

जनकपुरधाम
निकै लामो विवाद पछि धनुषाको धनौजी गाउपालिकाको विशेष साधारण सभा शुक्रवार एक भव्य कार्यक्रमको बिचमा सम्पन्न भएको छ ।
गाउँसभा अधिवेशनको क्रममा अध्यक्ष राजकुमार साहले चालू आर्थिक वर्षका लागि गाउँपालिकाले कुल ३८ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । उनले पालिकाको विकास र समृद्धिको लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउदै पालिकाको विकासमा हातोमालो गरेर अगाडि बढन आग्रह समेत गरे ।
जिल्ला समन्वय समितिका सभापति राजनन्दन यादवको प्रमुख आतिथ्य र गाउपालिकाका अध्यक्ष साहको अध्यक्षतामा गाउ सभा सम्पन्न भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, तथा वडा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुआतमा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवले राखेका थिए। सभामा गाउपालिकाकी उपाध्यक्ष रामवति मण्डल वाहेक बहुमत सदस्यको उपस्थिति रहेको थियो

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ