कमला नगरपालिकामा स्वास्थ्य चौकी र बर्थिन सेन्टरको उदघाटन

जनकपुरधाम
धनुषाको कमला नगरपालिका वडा नम्बर ९ मा स्वास्थ्य चौकी र बर्थिन सेन्टर संचालनमा आएको छ । कमला नगरपालिका वडा नम्बर ९मा स्वास्थ्य चौकी र बर्थिन सेन्टरको नगर प्रमुख बिशेश्वर यादवले उदघाटन गरेका छन । कार्यक्रममा बोल्दै उनले दुबरकोट हतलेटवा लगायतका क्षेत्रबाट स्वास्थ्य उपचार र सुत्केरीको लागि अन्त जानुपर्ने बाध्यता रहेको र अब त्यो हटेको जानकारी दिए । उनले स्वास्थ्य क्षेत्रको विकासमा पालिका आफनो क्षमताले धेरै राम्रो गरिरहेको बताउदै पालिकाको स्वास्थ्य र शिक्षालाई अझ व्यवस्थीत र गुणस्तरिय बनाउने आफनो चाहना रहेको बताए ।नगरपालिकाका स्वास्थ्य प्रमुख रामकुमार ठाकुरले चौकीको स्थापना भएपछि स्थानियहरुलाई सेवा लिन सहज हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ