राप्रपा नेतृ खुस्बु ओलीले सर्वोच्चबाट पाइन् सफाइ

काठमाडौं । चेक बाउन्स मुद्दामा राप्रपा केन्द्रीय सदस्य खुस्बु ओलीलाई सर्वोच्च अदालतले सफाइ दिएको छ।

२०७६ सालमा जिल्ला अदालत काठमाडौंले ओलीलाई चेक अनादर मुद्दामा दोषी ठहर गर्दै तीन महिना कैद फैसला गरेको थियो । त्यो फैसलाविरुद्ध उनले उच्च हुँदै सर्वोच्चमा पुनरावेदन गरेकी थिइन् ।उनीविरुद्ध मुद्दा हालेका गोपाल कटुवालले आफूले ओलीबाट पाउनुपर्ने पैसा पाएको भनेपछि आज ६ वर्षपछि न्यायाधीश कुमार चुँडाल र अब्दुल अजिज मुसलमानको इजलासले ओलीलाई सफाइ दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ