लौकाखेतीबाट चार लाख आम्दानी

सुनसरी ।
सुनसरीगढी गाउँपालिका–५ का अनुरुप उराँवले सात कठ्ठा जग्गामा लौकाखेती गरी एक याममा चार लाख रुपैयाँ सम्म आम्दानी गर्दै आएका छन ।
वार्षिक २० हजार रुपैयाँ मा अरुसँग सात कठ्ठा जग्गा भाडामा लिएर लौकाखेती गरेको बताउँदै उनले सात कठ्ठाका जग्गामा पाँच सय लहरा लौका रोपेको जानकारी दिए । ती बिरुवा रोप्दा ५० हजार रुपैया लगानी भएको बताए ।
बीउ, खाद्यमल, पानी, खेती तयारीलगायत खेती र बारी व्यवस्थापनमा ५० हजार रुपैयाँ खर्च भएको भन्दै उनले एक याममा चार लाख रुपैयाँ सम्म आम्दनी हुने जानकारी दिए । युवा विदेश पलायन भइरहेको, केही ठगीमा परेको समाचार बाहिर आइरहेका बेला कम लगानीमा चार लाख रुपैयाँ सम्म आम्दानी हुने भन्दै उनले युवालाई स्वदेशमै स्वरोजगार बन्न आग्रह गरिन ।
उराँवले भिरालो जग्गामा तीन महिनादेखि वर्षभरि फल्ने कदुखेतीबाट थोरै लगानीमा धेरै आम्दानी गर्न सफल भएको बताए । गाउँपालिका क्षेत्रमा पहिलो पटक भाडा जग्गामा लिएर लौकाखेती गरेको उनले बताए । लौका सुरुमा प्रतिगोटा ८० रुपैयाँ मा बिक्री गरेकामा अहिले २० देखि २५ रुपैयाँ मा बिक्री हुँदा पनि चार लाख रुपैयाँ आम्दानी भइरहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ