सरकारसँग असन्तुष्ट कांग्रेसका नेतालाई एमालेका विष्टको प्रश्नः सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा ?

नेकपा एमालेका सांसद गोकर्ण विष्टले सरकारका कामकारबाहीबारे टिप्पणी गरिरहेका सत्तासाझेदार दल नेपाली कांगेसका नेताहरूलाई प्रश्न सोधेका छन्। शुक्रबार प्रतिनिधिसभाको वर्खे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै विष्टले सत्तामा रहेहरू सत्तापक्षमै होकि प्रतिपक्षमा हो चिन्न गाह्रो अवस्था भएको बताएका हुन् ।
‘यो सरकार गयो गयो भनेर निराशा र अस्थिरता पैदा गरिने प्रयास हुँदैछ। त्यसमा कुनै सत्यता छैन । दुई दलबीचको आपसी समझदारी र सहमतिको आधारमा अघि बढिरहेका छन्। कहीँ कतै समस्या छन् भने राजनीतिक संयन्त्रहरू छन्। असहमति भए त्यहीँ नै समाधान खोजौँ,’ उनले भने, ’कहिलेकाहीँ त यस्तो लाग्छ– सत्तामा रहेका साथीहरू पनि सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा, चिन्न पनि गाह्रो हुने खालको अवस्था पैदा हुन्छ। यो प्रकारको अवस्थाबाट माथि उठौँ। गठबन्धन सरकारलाई मर्यादित ढंगले नै अगाडि बढौँ । ’
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता डा.शेखर कोइरालालगायत नेताले सरकारको गति सुस्त भएको भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ