एजेन्सी असोज २० । गए राति रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणले युक्रेनका पाँच नागरिकको मृत्यु भएको छ भने हजारौं मानिसहरू बिजुलीविहीन भएका छन्। युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले यो जानकारी दिएका छन्।
रुसी आक्रमण तीव्र बनाउनुपछि पोल्यान्डले पनि आफ्नो हवाई क्षेत्रको सुरक्षा कडा बनाउँदै लडाकु विमानहरू तैनाथ गरेको छ। पश्चिमी युक्रेनको सहर ल्भिभमा भएको आक्रमणमा चार जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्, पश्चिमी युक्रेनी प्रमुख म्याक्सिम कोजित्स्कीले बताए। साथै, जापोरिजियामा पनि एक जनाको मृत्यु भएको पुष्टि भएको छ।
राष्ट्रपति जेलेन्स्कीका अनुसार, रुसी सेनाले ५० भन्दा बढी क्षेप्यास्त्र र लगभग ५०० ड्रोन आक्रमण गरिसकेको छ। रुसी रक्षा मन्त्रालयले पनि युक्रेनी सैन्य ठाँउ र पूर्वाधारलाई निशाना बनाएको जनाएको छ।
