सर्लाहीमा माटोको च्याप्पटमा परी ४ जनाको ज्यान गयो

सर्लाही असोज १५ । सर्लाहीको हरिपुर्वा नगरपालिका–१ स्थित हर्दी नदी किनारमा माटो खन्ने क्रममा आएको ढिस्को खस्दा ६५ वर्षीया सायदा खातुनसहित दुई बालबालिका र दुई वयस्क गरी चार जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा बेधु मंसुरकी श्रीमती सायदा खातुन, ६ वर्षकी सविवा खातुन, ८ वर्षका डिल्लु मंसुर र ९ वर्षकी नर्गिस खातुन रहेका छन्। दशैंको तयारीका लागि घर लिपपोत गर्ने माटो खन्ने क्रममा बिहान ९;२० बजे ढिस्को खसेको हो। घाइतेहरूलाई प्रादेशिक अस्पताल मलंगवामा लगिएको भए पनि चिकित्सकहरूले मृत घोषित गरेका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर