काठमाडौँ असोज १५ । बडादशैंको नवौं दिन, राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा नवकन्या पूजन गरेका छन्। महानवमीका अवसरमा १ देखि ९ वर्षसम्मका कन्याहरूलाई नवदुर्गाका प्रतीक स्वरूप पूजा गरिएको हो।
वैदिक परम्परा अनुसार नौ दिनसम्म नौ देवीहरूको आराधना गरिने गरे पनि अहिले अधिकांश स्थानमा महानवमीकै दिन सबै नवकन्या पूजन गरिन्छ। राष्ट्रपति पौडेलले पनि यही परम्पराअनुसार नवदुर्गाको प्रतीकका रूपमा कन्याहरूको पूजा गरेका हुन्।
प्रतिक्रिया
