मौसम पूर्वानुमान: ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ भदौ २७ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको सरदर स्थान आसपास अवस्थित रहेकाले देशका विभिन्न भागहरूमा वर्षा भइरहेको छ। यस प्रणालीको प्रभावस्वरूप कोशी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भूभागका केही र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरू, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ। आज रातिको समयमै पनि वर्षा जारी रहने सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड तथा तराईका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा राति एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम रहन सक्ने भएकाले सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर